दफा ४२
कसूर र सजाय
(१) कसैले देहायको कुनै काम गरे वा गराएमा यस ऐन अन्तर्गतको कसूर गरेको मानिनेछ:-
(क) अनुमति नलिई खानेपानी सेवा, सरसफाइ सेवा, आयोजना वा सेवा प्रणालीको निर्माण वा सञ्चालन गरेमा,
(ख) उपभोक्ता संस्था वा अनुमतिपत्र प्राप्त संस्थाले अनुमतिपत्रमा तोकिएको सेवा क्षेत्रभित्र खानेपानी प्रणालीबाट नियमित रुपमा खानेपानी सेवा उपलब्ध नगराएमा,
(ग) खानेपानी सेवा तथा सरसफाइ सेवाको अनाधिकार प्रयोग गरेमा वा त्यसको दुरुपयोग गरेमा,
(घ) अनुमतिपत्र प्राप्त संस्थाले जडान गरेको निजी धारामा उपभोक्ताले सो संस्थाको स्वीकृति विना कुनै अवाञ्छित फाइदा लिने उद्देश्यले कुनै कार्य गरेमा,
(ङ) खानेपानीको पाइपबाट कुनै यन्त्र जडान गरी अनाधिकार पानी प्रयोग गर्ने कार्य गरेमा,
(च) जलाधार क्षेत्रभित्र खानेपानी प्रदूषित गर्ने वा पानीको परिमाण वा बहावमा असर पर्ने कुनै कार्य गरेमा,
(छ) खानेपानी सेवा, सरसफाइ सेवा, आयोजना वा सेवा प्रणालीको कुनै संरचना वा जडित पाइप वा सामान वा जडित मिटर वा प्रशोधन प्रणाली वा अन्य उपकरण विगारे वा नष्ट गरेमा,
(ज) तोकिएको मापदण्ड विपरीत मानव मलमुत्र सहित वा रहितको फोहोरपानी ढल निकास प्रणालीमा विसर्जन गरेमा वा मानव मलमूत्रलाई सिधै नदी, खोला, ताल, तलैया, जलाशय वा सार्वजनिक जग्गामा मिसाए वा पठाएमा,
(झ) नेपाल सरकारले तोकेको गुणस्तर तथा मापदण्ड बमोजिम सेवा स्तर र गुणस्तर कायम नगरेमा वा तोकिएको गुणस्तर बमोजिमको खानेपानी आपूर्ति नगरेमा,
(न) अनुमतिपत्र प्राप्त संस्थाले यस ऐन बमोजिम निर्धारण भएको महसुल वा निर्धारित आधार र मापदण्ड विपरीत महसुल लिएमा,
(ट) यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम गर्नु पर्ने-काम नगरेमा वा गर्न नहुने काम गरेमा ।
(२) कसैले उपदफा (१) बमोजिमको कसूर गरेमा देहाय बमोजिम सजाय हुनेछ:-
(क) खण्ड (क) बमोजिमको कसूर गरेमा एक लाख रुपैयाँसम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय,
(ख) खण्ड (ख), (ग), (घ) र (ट) बमोजिमको कसूर गरेमा एकलाख रुपैयाँसम्म जरिबाना,
(ग) खण्ड (ङ) देखी (ज) सम्मको कसूर गरेमा तीन महिनादेखि एक वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय।